काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ०७ अंकले घटेर २,६५३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । युनियन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।


















