IME Life New

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ९ अर्ब ८ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ०७ अंकले घटेर २,६५३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । युनियन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS