IME Life New

भारतका ७५% एटीएमबाट निक्लिन थाले रु. १०० र २०० का नोट, नेपालमा छैन साना दरका नोट निकाल्ने अप्सन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतका बैंकहरुको एटीएमबाट रु. १०० र २०० का नोट निकाल्ने व्यवस्था गरिएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)ले हालैको निर्देशनपछि सबै बैंकहरुले आफ्नो एटीएम मेसिनमा रु. १०० र २०० का नोट उपलब्ध गराउन थालेका हुन्।

नेपालका बैंकहरुको एटीएममा पनि रु. १००० भन्दा कम पैसा निकाल्न पाउने व्यवस्था रहेको देखिँदैन। यद्यपि, नेपालमा रु. ५, १०, २०, ५०, १०० र ५०० नोट पनि चलनचल्तीमा छन्। ग्राहकले भने १ हजार रुपैयाँभन्दा कम एटीएमबाट निकाल्न सक्दैनन्।

Esewa
Crest

आरबीआईको निर्देशनपछि भारतका ७३ प्रतिशत एटीएममा कम्तीमा १ क्यासेटमा रु. १०० वा २०० का नोट उपलब्ध गराइएका छन्। एटीएममै रु. १०० र २०० दरका नोट उपलब्ध गराउनुको मुख्य उद्देश्य सामान्य मानिसले दैनिक कारोबारका लागि सजिलै साना नोटहरु पाउन सकून् भन्ने आरबीआईको रहेको छ। यो व्यवस्था विशेषगरी ग्रामीण र साना सहरका मानिसका लागि धेरै उपयोगी हुने देखिन्छन्।

आरबीआईले गत अप्रिलमा एक परिपत्र जारी गर्दै ३० सेप्टेम्बरसम्ममा सबै बैंकले आफ्ना एटीएमको कम्तीमा ७५ प्रतिशतले रु. १०० वा २०० का नोट वितरण गर्ने कुरा सुनिश्चित गर्नुपर्ने निर्देशन दिएको थियो। यो संख्या ३१ मार्च २०२६ सम्ममा ९० प्रतिशतमा बढाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS