IME Life New

स्कटल्याण्डविरूद्धको टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले विजयी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ।

९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो।  सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् ।

Crest

९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा ब्याटिङका लागि मैदानमा उत्रिएका सन्दीपले १ बल खेल्दै करन केसीको साथमा १ रनको लक्ष्य पुरा गरे ।

नेपालका लागि ३५ बलको सामना गर्दै कुशल भुर्तेलले ३० रन, दिपेन्द्र सिंह एरीले २१ बलमा १४ रन, बसिर अहमदले  १४ बलमा १३ रन र किरन ठगुन्नाले १६ बलमा १० रनको योगदान दिए। यो खेलमा कप्तान रोहित पाैडेल ब्याटिङमा जम्न सकेनन् ।  १४ बलको सामना गर्दै ७ रन जोडेका उनी सफ्यान सरिफको बलमा बोल्ड भए।

नेदरल्याण्डसँगको खेलमा नेपालले पहिलो पटक जित हासिल गरेको हो । लगातार दोश्रो पटक पराजित भएको हो । यसअघि २०१३ मा यूएईमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

मंगलबारको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ब्याटिङमा आएको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा सहजै लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि बलिङतर्फ करण केसीले २, सन्दीप लामिछानेले ४ र दीपेन्द्रसिंह ऐरी ,लोकेश बम, ललित राजवंशीले १-१ विकेट लिए । प्रतियोगिमा ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका सन्दीप म्यान अफ द म्याद घोषित भएका छन् ।

माइकल लिस्कले स्कटल्यान्डबाट सर्वाधिक ४६ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा बोल्ड हुनुपूर्व उनले ४६ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रले ३.४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

नेपाल र स्कटल्यान्डबीच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा यो पहिलो खेल हो । स्कटल्याण्डमा जारी यो नेपालको दोश्रो खेल हो। यसअघि नेपालले नेदरल्याण्डसँग खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS