IME Life New

वाणिज्य बैंकहरुबाट रु. १.१३ खर्ब गाडी कर्जा प्रवाहः ९ वटाको बढ्दा ११ वटाको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग खासै सुधार आएको देखिँदैन। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को १० महिना वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट चालु आर्थिक वर्षको वैशाखसम्म १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ गाडी कर्जा गएको छ। यो शीर्षकमा अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब ६ अर्ब ५२ करोड ५ लाख रुपैयाँ प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ६.१३ प्रतिशतले मात्रै बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी ९ वटा बढेको छ। सर्वाधिक गाडी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म ग्लोबल आइएमईले सर्वाधिक १५ अर्ब ७१ करोड ४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १३ अर्ब ७० करोड ७१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको गाडी कर्जा प्रवाह १४.६० प्रतिशतले बढेको छ।

दोस्रोमा नबिलबाट ११ अर्ब ६३ करोड ९० लाख रुपैयाँ गाडी कर्जा गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ३३ करोड ४८ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नबिलबाट १२.६१ प्रतिशत बढी गाडी कर्जा प्रवाह भएको छ।

सर्वाधिक गाडी कर्जा प्रवाह गर्ने तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकले ५ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ९ अर्ब ११ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको गाडी कर्जा ५७.८६ प्रतिशतले बढेको छ। गाडी कर्जा वृद्धिदरका हिसाबले यो सर्वाधिक हो।

वाणिज्य बैंकहरुबाट प्रवाह भएको गाडी कर्जा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS