काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८० अंकले बढेर २,६५८ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ३७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ६ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।


















