IME Life New

शेयर कर्जा बढे पनि किन बढ्न सकेन नेप्से ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर बजारमा बैंकिङ प्रणालीबाट प्रवाह भएको शेयर कर्जाले चर्चा पाउन थालेको छ। चालु आर्थिक वर्ष २०८१।८२ को १० महिनामा शेयर धितो कर्जा (मार्जिन नेचर लोन) एक खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै ४५ प्रतिशतले बढी हो। तथापि, कर्जाको यस्तो आक्रामक विस्तारको प्रत्यक्ष असर बजारको वृद्धिमा देखिएको छैन।

शेयर बजारमा कर्जा प्रवाह बढ्यो तर बजारले त्यसको लाभ किन उठाउन सकेन ? प्रश्न उठ्न थालेको छ।

Esewa
Crest

शेयर कर्जाको वृद्धिले बैंकहरुमा पुँजी परिचालनको एक सम्भावित खाल्डो पुरिएको देखिन्छ। तर, बजार भने अझै निष्प्रभावितजस्तो छ। धेरै बैंकहरुले शेयर कर्जा उल्लेखनीय रुपमा वृद्धि गरेका छन्, केहीले त २०० देखि ३०० प्रतिशतले समेत कर्जा बढाएका छन्। तर यसले दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्न सकेको छैन।

यसको एक प्रमुख कारण लगानी प्रवाहको दिशा परिवर्तन भएको जानकारहरु बताउँछन्। यस्तो कर्जा दोस्रो बजारमा जानुको साटो, आईपीओजस्ता प्राथमिक बजारका उपकरणहरुमा केन्द्रित भइरहेको देखिन्छ। त्यहाँ छोटो समयमै फाइदा कमाउने अपेक्षाले लगानीकर्ता आकर्षित भइरहेका छन्।

दोस्रो कारण नीतिगत अस्पष्टता पनि भएको बजारका जानकार बताउँछन्। त्यसैगरी लगानीकर्ताको मनोविज्ञानमा समेत परिवर्तन आएको छ। पछिल्लो समय बजारमा भएका अनिश्चितता, राजनीतिक अस्थिरता लगायतका कारणले लगानीकर्ताको आत्मविश्वास घटाएको छ। यसले कर्जा प्रवाह हुँदा पनि लगानीमा प्रत्यक्ष आकर्षण नदेखएको हो।

चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो १० महिनामा बैंकहरुले १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो कर्जा ८६ अर्ब १८ करोड रुपैयाँ मात्र थियो। तुलनात्मक रुपमा हेर्दा शेयर कर्जा ४५.६४ प्रतिशत अर्थात् ३९ अर्ब ३३ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ।

शेयर कर्जामा वाणिज्य बैंकहरुको वर्चश्व छ। चालु आवको वैशाखसम्म वाणिज्य बैंकहरुले मात्रै १ खर्ब ३ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको यही अवधिमा उनीहरुले ६७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। राष्ट्र बैंकका अनुसार यो ५३.१४ प्रतिशत वृद्धि हो। यद्यपि यति ठूलो कर्जा प्रवाह हुँदा पनि पुँजी बजार अझै स्थिर अवस्थामा रहेको छ, जसले लगानीकर्तामाझ अन्योलता सिर्जना गरिरहेको छ।

वैशाखसम्ममा नेपाल एसबीआई बैंकले शेयर धितो कर्जा सर्वाधिक बढाएको छ। बैंकले कर्जा ३८८.५९ प्रतिशत बढाएर ६१ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको शेयर कर्जा १२ करोड ५७ लाख रुपैयाँ मात्रै थियो।

माछापुच्छ्रे बैंकले २९१.९५ प्रतिशत बढाएर १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, कृषि विकास बैंकको १५७.८२ प्रतिशत बढाएर ३ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकले १४६.६१ प्रतिशत बढाएर ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १२८ प्रतिशत बढाएर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन्।

राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ९२.१३ प्रतिशत बढाएर ७ अर्ब ८२ करोड १४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६४.५८ प्रतिशत बढाएर ५ अर्ब ४५ करोड १६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६४.५१ प्रतिशत बढाएर ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६३.९४ प्रतिशत बढाएर ३ अर्ब २७ करोड ४४ लाख रुपैयाँ शेयरमा लगानी गरेका छन्।

प्रभु बैंकले ५८.१० प्रतिशत बढाएर ४ अर्ब ७० करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले ५३.२३ प्रतिशत बढाएर २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४९.२५ प्रतिशत बढाएर ६ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४६.१५ प्रतिशत बढाएर २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४०.९० प्रतिशत बढाएर ७ अर्ब ८६ करोड १० लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ।

वैशाखसम्ममा राष्ट्रिय वाणिज्य बैंकले ३८.२७ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ, नेपाल बैंकले ३३.७५ प्रतिशत बढाएर ७ अर्ब ७७ करोड १९ लाख रुपैयाँ, नबिल बैंकले २८.४२ प्रतिशत बढाएर १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, हिमालयन बैंकले १७.२२ प्रतिशत बढाएर २ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका छन्। तर, यस अवधिमा एनआईसी एसिया बैंकले भने शेयर कर्जा घटाएको छ। चालु आवको १० महिनामा एनआईसी एशिया बैंकले ४६.७६ प्रतिशत घटाएर २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ मात्रै शेयर कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS