IME Life New

प्रभु बैंकमा आबद्धले होटेल हिमालय सेरेन भ्युमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल को संयुक्त हस्ताक्षर भएको हो ।

Esewa
Crest

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १०% साथै आवास सुविधामा १५% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS