IME Life New

ट्रेड टावरको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड टावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्री प्रबन्धकले जनाएको छ ।

नतिजा सार्वजनिक भएपछि बिक्रि प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट https://lscapital.com.np/ipo सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login  सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

Esewa
Crest

धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका आइपीओ निष्काशन गरेको थियो।

यो आइपीओमा कुल २० लाख ७४ हजार २८५ आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयर माग भएको थियो। त्यसमध्ये २० लाख ५९ हजार ३८८ आवेदकबाट परेको २ करोड ३९ लाख ७ हजार ६०० कित्ता शेयर सदर भएको छ भने १४ हजार ८९७ आवेदकबाट परेको २ लाख ९ हजार ८८० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमा ३ लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS