IME Life New

तीन जिल्लामा देखा परिसक्यो पोहोर किसानलाई कंगाल बनाएको लम्पी स्किन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनसुनी सिजनमा गाईभैंसीमा देखा पर्ने प्राण घातक रोग लम्पी स्कीन रोग यस वर्ष मनसुनको प्रारम्भमै तीन जिल्लामा देखा परिसकेको छ।

पशु सेवा विभागका अनुसार, पूर्वको झापा र इलाम र  कर्णालीको रूकुमका गाईभैंसीमा यो रोग देखा परेको छ।

Esewa
Crest

यो रोगको जीवाणु लामखुट्टे, झिागा र किर्नाको टोकाइबाट गाईभैंसीमा सर्ने भएकाले चाैपाया पालेको स्थान र आसपासको सरसफाइमा पर्याप्त सजगता अपनाउन प्राविधिकहरुले सुझाएका छन् ।

विभागका अनुसार झापामा १७४ वटामा र इलाममा एक वर्ष भन्दा कम उमेरमा १५ बाच्छा बाच्छीमा यो रोग देखिएको छ ।

यो रोगको संक्रमणमा परेका गाईभैंसीमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्ष्य देखा पर्ने गरेको छ। यो लक्षणसँगै पशुको शरीरभरी ठूला ठूला फोकासहितका घाउ आउने गर्दछ ।

पशुसेवा विभागले भने यस पटक संक्रमणले महामारीको रुप नलिने दाबी गरेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत किसानको राहतका लागि गाइभैंसीका लागि खोप लगाउन सहयोग गरेकाले लम्पी स्किनले महामारीको रुप नलिनेमा विभागको विश्वास छ ।

सरकारले खरिद गरेको १४ लाख डोज खोपमध्ये १० लाख डोज प्रदेशहरुमा पठाइसकेको र अति प्रभावित मानिएको कर्णाली प्रदेशका यस अघि प्रभावित जिल्लाका गाईभैंसीमा खोप लगाइसकिएको विभागले जानकारी दिएको छ ।

लम्पी स्किन घातक रोग हो । यो रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट एउटा पशुबाट अर्को पशुमा सर्ने भएकाले संक्रमित पशु भएका गोठ अन्य पशुहरुको सम्पर्कबाट बाहिर राख्नुपर्ने पशु चिकित्सकले सुझाएका छन् ।

पशु चिकित्सा परिषद्ले गरेको अध्ययन अनुसार, नेपालमा पहिलो पटक चार वर्ष अघि २०७७ सालमा मोरङमा यो रोग देखा परेको थियो। समयमै नियन्त्रणमा लिन चासो नदेखाउँदा झण्डै साढे दुई वर्षसम्म यसको प्रकोप कायमै रहँदा किसानले ७४ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढीको क्षति बेहोर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS