काठमाडौं । जुन १२ मा लन्डन ग्याटविक जाँदै गरेको एयर इन्डियाको उडान एआई१७१ अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भयो। यस विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीसहित २४२ जना सवार थिएर। जसमा १० जना चालक दलका सदस्य, २ जना पाइलट र २३० जना यात्रु थिए। बोइङ कम्पनीको बी–७८७ ड्रिमलाइनर दुर्घटनामा परेको थियो।
बोइङ विमानहरु दुर्घटनाग्रस्त भएको यो पहिलोपटक होइन। यसअघि पनि बोइङ कम्पनीका धेरै विमान दुर्घटनाग्रस्त भएका छन्। बोइङ कम्पनीले बोइङ ७८७ ड्रिमलाइनर पहिलो पटक दुर्घटनाग्रस्त भएको बताइएको छ। यद्यपि, बोइङको ७३७ म्याक्स धेरै पटक दुर्घटनाग्रस्त भएको छ। यो विमानलाई अद्यावधिक गरेपछि यो विमान सन् २०१८, २०१९ र २०२४ मा पनि दुर्घटनाग्रस्त भएको थियो। जसमा ५०० भन्दा बढीले ज्यान गुमाए।
यो विमान सन् २०१८ र २०१९ मा दुर्घटनाग्रस्त भएको थियो र यो विमानलाई अद्यावधिक गरेपछि सन् २०२४ मा पनि दुर्घटनाग्रस्त भयो। अब प्रश्न उठ्छ कि यदि कुनै यात्रुको यस्तो दुर्घटनामा मृत्यु भयो भने उसको परिवारले कति क्षतिपूर्ति पाउँछ र कसले दिन्छ ? आउनुहोस् जानौँ भारतमा एयरलाइन्स कम्पनीहरुका लागि के नियमहरु छन् ?
विमान दुर्घटनामा क्षतिपूर्तिसम्बन्धी नियम ?
आजको समयमा विमानबाट यात्रा गर्नु जति सुविधाजनक छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ। एउटै गल्तीले गर्दा दुर्घटनाको जोखिम बढ्छ। यस्तो अवस्थामा एयरलाइन्स कम्पनीहरु र भारतको नागरिक उड्डययन महानिर्देशनालय (डीजीसीए) द्वारा केही कडा नियमहरु बनाइएका छन्। ता कि आपतकालीन अवस्थामा पीडित परिवारले आर्थिक लाभ पाउन सकून्। यी नियमहरु घरेलु र अन्तर्राष्ट्रिय उडानहरुका लागि फरक छन्।
भारु १.४ करोड रुपैयाँ क्षतिपूर्ति
अन्तर्राष्ट्रिय उडानमा मृत्यु वा शारीरिक चोटपटक लागेमा भारतमा सञ्चालित एयरलाइन्सहरु मोन्ट्रियल कन्भेन्सन, १९९९ को नियमहरुद्वारा बाध्य छन्। जुन एक अन्तर्राष्ट्रिय सन्धि हो। जसमा भारतले पनि हस्ताक्षर गरेको छ। यस कन्भेन्सनअन्तर्गत प्रत्येक यात्रुलाई विशेष आरहण अधिकार (एसडीआर) अन्तर्गत लगभग भारु १.४ करोड रुपैयाँ दिइन्छ। यदि यो दुर्घटना एयरलाइन्सको गल्तीका कारण भएको प्रमाणित भयो भने यो क्षतिपूर्ति अझ बढ्न सक्छ।
यो क्षतिपूर्ति अन्तर्राष्ट्रिय उडानहरुमा लागू हुन्छ। तर, नागरिक उड्डययन महानिर्देशनालयको दिशानिर्देशअनुसार भारतीय एयरलाइन्सहरुले प्रायः घरेलु मार्गहरुका लागि पनि समान कभरेज प्रदान गर्न सक्छन्। यो क्षतिपूर्ति एयरलाइन्स र बीमा कम्पनीले दिन्छ।
यात्रा बीमाको लाभ पनि
धेरै बीमा कम्पनीले जोखिमपूर्ण यात्राबाट मानिसलाई जोगाउन कभरेज प्रदान गर्छन्। यसमा सामान्यतया भारु २५ लाखदेखि भारु १ करोडसम्मको दुर्घटना मृत्यु लाभ र भारु ५ लाखदेखि भारु १० लाखसम्मको स्थायी अशक्तता क्षतिपूर्ति समावेश हुन्छ। यस्तो अवस्थामा यदि कुनै यात्रुले बीमा लिएको छ भने उसको परिवारले पनि यो कभरेजको लाभ पाउनेछ। –एजेन्सी

















