IME Life New

वाणिज्य बैंकहरुको नाफा पौने ४८ अर्ब माथि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को १० महिना (साउन–वैशाख)सम्म वाणिज्य बैंकहरुले पौने ४८ अर्ब रुपैयाँ माथि नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.६७ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म १० वटा बैंकको नाफा बढेको छ भने १० वटाकै घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। नाफा वृद्धिको हिसाबले नेपाल बैंक अगाडि रहेको छ।

चालु वर्षको वैशाखसम्म नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २.५९ प्रतिशतले बढेको छ।

स्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २९.८९ प्रतिशतले बढेको छ।

सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३३.१४ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको वैशाखनसम्म एभरेष्ट बैंकले ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा ३०.९७ प्रतिशत, नेपाल बैंकको ४५७.१२ प्रतिशत र एनएमबि बैंकको ५.५६ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १९.८५ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ र प्रभु बैंकले २ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड र प्रभुको नाफा घटेको छ भने लक्ष्मी सनराइज र सिद्धार्थ बैंकको बढेको छ।

त्यस्तै चालु आर्थिक वर्षको वैशाखसम्म सानिमा बैंकले १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा बैंकको नाफा बढ्दा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको घटेको छ।

समीक्षा अवधिसम्म नेपाल एसबीआई बैंकले १ अर्ब ३८ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा माछापुच्छ्रे बैंकको नाफा बढेको छ भने नेपाल एबीआई बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS