IME Life New

लघुवित्त संस्थाहरुमा करिब २२ हजार कर्मचारी, शाखा सञ्जाल कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा ५२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्। ती लघुवित्त संस्थामा करिब २२ हजार कर्मचारी कार्यरत रहेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको लघुवित्त क्षेत्रको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार छिमेक लघुवित्तमा सर्वाधिक कर्मचारी कार्यरत छन्। छिमेक लघुवित्तमा १ हजार २५३ कर्मचारी कार्यरत छन्। छिमेक लघुवित्तले १९७ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान आएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेरुडे मिर्मिरे लघुवित्तमा १ हजार १४४ कर्मचारी कार्यरत छन्। यसले २२५ शाखामार्फत लघुवित्त क्षेत्रमा काम गर्दै आएको छ।

शाखा सञ्जालको कुरा गर्दा एनआईसी एसिया लघुवित्तको सर्वाधिक २८६ शाखा रहेका छन्। त्यस्तै दोस्रोमा मातृभूमि लघुवित्तका २३६ शाखा रहेका छन्। एनआईसी एसिया लघुवित्तमा १ हजार १९ कर्मचारी कार्यरत छन् भने मातृभूमि लघुवित्तमा ८२४ कर्मचारी कार्यरत छन्।

पुस मसान्तसम्म लघुवित्त संस्थाहरुले करिब ५ हजार शाखाबाट २१ हजार ६०० जनशक्तिका साथ लघुवित्त सेवा प्रदान गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS