काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेको जलविद्युत समूह १.१३ प्रतिशत बढ्दा अन्य १२ समूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट अन्य समूहमा १.५७ प्रतिशतको देखिएको छ।
बजारमा आज ७७ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १७० वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ६१ करोड ५७ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ५९ करोड २७ लाख रुपैयाँ
- बुटवल पावरः ५८ करोड ४८ लाख रुपैयाँ
- युनिभर्सल पावरः ४७ करोड ८५ लाख रुपैयाँ
- चिलिमे हाइड्रोपावरः ४७ करोड ५२ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३८ करोड ९२ लाख रुपैयाँ
- सिनर्जी पावरः ३२ करोड ९० लाख रुपैयाँ
- अरुण काबेली पावरः ३१ करोड ९ लाख रुपैयाँ
- साहस ऊर्जाः २९ करोड ७५ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २७ करोड ३९ लाख रुपैयाँ

















