IME Life New

नेप्सेमा ३०%ले बढ्यो बीमा कम्पनीको बजार पुँजीकरण, कसको हिस्सा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सबै क्षेत्रको बजार पुँजीकरण बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा ३० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ४ खर्ब ९६ अर्ब ७ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म बढेर ६ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। पछिल्लो १ वर्षको अवधिमा व्यापार समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। अघिल्लो वर्ष वैशाखसम्म व्यापार समूहको बजार पुँजीकरण १५ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म १४५८.९ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

Crest

पछिल्लो १ वर्षमा लगानी समूहको बजार पुँजीकरण ५०.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म लगानी समूह बजार पुँजीकरण २ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ३ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

यसैगरी अन्य समूहको बजार पुँजीकरण ४२.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म अन्य समूहको कुल बजार पुँजीकरण ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

यसैगरी पछिल्लो १ वर्षको अवधिमा जलविद्युत समूहको बजार पुँजीकरण ४८.५ प्रतिशत, विकास बैंक ३३.८ प्रतिशत, होटलको २८.४ प्रतिशत, वित्त समूहको १२.८ प्रतिशत, लघुवित्तको १०.९ प्रतिशत र उत्पादन तथा प्रशोधनको १३.४ प्रतिशतले बढेको छ।

यो १ वर्षको अवधिमा बैंकिङ समूहको बजार पुँजीकरण भने २३.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकिङ समूहको बजार पुँजीकरण ८ खर्ब १६ अर्ब १० करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १० खर्ब ८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ३७.८ प्रतिशतले बढेर ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म नेप्सेको बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ थियो।

नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २३.१ प्रतिशत, विकास बैंक समूहको ४.६५ प्रतिशत, फाइनान्स कम्पनी समूहको १.८ प्रतिशत, लघुवित्त समूहको ८.१ प्रतिशत, बीमा कम्पनी समूहको १४.८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५.६ प्रतिशत, होटल समूहको २.७ प्रतिशत, व्यापार समूहको ५.६ प्रतिशत, लगानी समूहको ८ प्रतिशत, जलविद्युत समूहको १५.५ प्रतिशत र अन्य समूहको १०.१ प्रतिशत हिस्सा रहेको छ। नेप्सेमा बीमा कम्पनीको हिस्सा बैंकिङ र जलविद्युतपछि तेस्रो धेरै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS