IME Life New

फेरि रु. ५०० करोड बीमाशुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमक बन्यो शिखर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स निर्जीवन बीमा व्यवसायबाट फेरि ५०० करोड बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१।८२ को हालसम्म ५०० करोड कुल बीमाशुल्क संकलन गरिएको जानकारी गराएको हो। गत वैशाखसम्म कम्पनीले ४८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

Esewa
Crest

अघिल्लो वर्ष २०८०।८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले जेठसम्म ५४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। चालु आर्थिक वर्षको हालसम्म र अघिल्लो वर्षको असार मसान्तसम्ममा अन्य कुनै पनि निर्जीवन बीमकको कुल बीमाशुल्क ५०० करोड रुपैयाँ पुगेको छैन।

ग्राहकको भरोसा र साथले यो कोशेढुंगा कायम गर्न सकिएको शिखर इन्स्योरेन्सले जनाएको छ। ‘हाम्रो यस सफलताका लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी तथा शुभचिन्तकलाई हार्दिक कृतज्ञता प्रकट गर्दछौँ’, कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘यसका साथै भविष्यमा समेत अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रण गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS