IME Life New

धनाढ्य परिवारका छोराछोरी पढ्ने रातो बंगलाको कारोबार रू ६७ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपत्यकाभित्र महँगा र धनीका छोराछोरी पढ्ने विद्यालयका रूपमा चिनिनेमध्येको पाटन ढाेका नजिकै अवस्थित रातो बंगला स्कुलले वर्ष दिनमा ६७ करोड ५० लाख रूपैयाँ आम्दानी गरेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, गत आर्थिक वर्ष २०८०।८१ मा यसको अाम्दानी पछिल्लो पाँच वर्षयताकै सर्वाधिक अंकमा पुगेको हो। गत आवको आम्दानी आव २०७६।७७ को तुलनामा झण्डै दोब्बर बढी हो।

Esewa
Crest

अघिल्लो आव २०७९।८० मा यो कम्पनीले ५५ करोड ९० लाख रूपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको सञ्चालन नाफा निरन्तर बढ्दै गएको छ। यसको सबै तहका कक्षाहरूमा भर्ना क्षमताको ९७ देखि १०० प्रतिशत विद्यार्थी भर्ना गरिएको छ। साथै आवधिकरूपमा शिक्षण शुल्कमा हुने पुनरावलोकन र विद्यार्थी संख्यामा क्रमशः वृद्धिले यसको आम्दानी बढाउन सघाएको छ।

साझा यातायातको पेट्रोल पम्प रहेको पुलचोकस्थित परिसरको पूर्वमा अवस्थित यो विद्यालय परिसरमा अहिले कक्षा १ देखि १० सम्म र क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन अन्तर्गतको ए लेभलको अध्यापन हुँदै आएको छ। विद्यालयले हात्तीवनमा निर्माणाधीन भवनबाट ए लेभको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

इक्रा नेपालका अनुसार, कम्पनीले ए लेभलको अध्यापनका लागि हात्तिवनमा लिजमा लिइएको जग्गामा १ अर्ब २० करोड रूपैयाँको लगानीमा शैक्षिक भवन निर्माण गर्दैछ। यही भवनका लागि यसले बैंकबाट ८० करोड रूपैयाँ ऋण जुटाएको छ। इक्रा नेपालका अनुसार, निर्माणाधिन भवनका लागि वित्तीय श्रोत जुटाउन कर्जाः पूँजी अनुपात ६७ः३३ तोकिएको छ। नयाँ भवन निर्माणसँगै कम्पनीसँग सबै तहको कक्षामा विद्यार्थी भर्ना क्षमता बढ्ने भएको छ। जसले गर्दा कम्पनीको वार्षिक आम्दानी अझै बढ्नेछ।

कम्पनीको मुख्य शेयरधनीहरू दिक्षित परिवारका चारजना सदस्यहरू छन् भने यसको सञ्चालक समितिको नेतृत्व शान्ता दिक्षितले गरिरहेकी छिन्।

८० करोड रूपैयाँ दीर्घकालीन बैंक ऋण प्रयोजनका लागि इक्रा नेपालले गरेको वित्तीय सबलता मूल्याङ्कनका आधारमा यो कम्पनीले एलत्रिपल बी माइनस रेटिङ प्राप्त गरेको छ। यस्तो रेटिङ प्राप्त कम्पनीसँग पूर्व निर्धारित समयभित्रै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको आश्वस्ता निहित हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

18%
sad

दु :खी

12%
amazed

अचम्मित

6%
excited

उत्साहित

65%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS