IME Life New

सामसङको इन्स्टा फाइनान्स सेवा अब झन् सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरुका लागि अप्लायन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको हो ।

पहिलो टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरुका लागि थप कागजात आवश्यक गर्ने अवस्था थियो। तर, अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरुमा पनि लागू गरिएको छ।

Esewa
Crest

अब ग्राहकहरुले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन्। यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ। सेवा ३० हजार रुपैयाँ वा त्योभन्दा बढी मूल्यमा भएको सामसङ टिभी र होम अप्लाएन्सहरुमा मात्र लागु हुनेछ।

सामसङको नविनतम प्रविधि अब नेपाली ग्राहकहरुको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो। सामसङ इन्स्टा फाइनान्स हिम इलेक्ट्रिोनिक्स प्रा।लि।ले वितरित गरिरहेको देशभर रहेका २०० भन्दा बढी सामसङ स्टोरहरुमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS