IME Life New

अमेरिकामा आज यी १२ देशका नागरिकलाई ‘नो इन्ट्री’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा आज जुन ९ तारिखदेखि विभिन्न १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लागेको छ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। उनले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

प्रतिबन्ध लागेका देशमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्। यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत ७ अन्य देशका नागरिकलाई आंशिक रुपमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले अमेरिकीहरुलाई ‘खतरनाक विदेशी तत्वहरु’बाट जोगाउन यी प्रतिबन्ध लगाइएको जनाको छ।

केही देशबाट यात्रा प्रतिबन्ध लगाउन आदेश दिँदा ट्रम्पले यस्तो घोषणा गरेको यो दोस्रोपटक हो। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS