काठमाडौं । भारतका दोस्रो सबैभन्दा धनीव्यक्ति गौतम अडानीको तलब बढेको छ।
अडानीले वित्त वर्ष २०२४।२५ मा कुल भारु १० करोड ४१ लाख तलब प्राप्त गरेका छन्। अघिल्लो वर्ष २०२३।२४ मा उनले भारु ९ करोड २६ लाख प्राप्त गरेका थिए। अघिल्लो वर्षको तुलनामा उनको तलब १२ प्रतिशतले बढेको छ।
यो तलब अडानीले १० वटा सूचीकृत कम्पनीले दुईवटा प्राप्त गरेका छन्। ती कम्पनी अडानी इन्टरप्राइजेज र अडानी पोर्टस एन्ड स्पेसल इकोनोमिक छन्।
उक्त वित्त वर्षमा अडानी इन्टरप्राइजेजबाट अडानी भारु २ करोड २६ लाख तलब र भारु २८ लाख भत्तास्वरुप पाएका छन्। त्यस्तै भारु १ करोड ८० लाख तलब र कमिसनबापत भारु ६ करोड ७ लाख उनले प्राप्त गरेका छन्।
अडानी विश्वकै धनीव्यक्तिको सूचीमा २४ औँ स्थानमा छन्। उनको कुल नेटवर्थ भारु ५.७५ लाख करोड रहेको छ।

















