IME Life New

अब एलन मस्कसँगको सम्बन्ध समाप्तः डोनाल्ड ट्रम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन्।

शनिबार एनबीसीसँगको अन्तर्वार्तामा मस्कसँगको घनिष्ठ सम्बन्ध अब समाप्त भएको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हो, मलाई लाग्छ।’ यो सम्बन्धलाई सुधार होला भनी सोधिएको अर्को प्रश्नमा उनले भने, ‘हुँदैन।’

Esewa
Crest

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको टकराव पछि आएको हो। ट्रम्प र मस्कबीचको टकराव तब सुरु भयो जब मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरे। जुन उनको घरेलु नीतिमा एक प्रमुख प्रस्ताव हो।

धेरैजसो रिपब्लिकन नेताहरु अझै पनि ट्रम्पको समर्थनमा छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने, ‘मस्कले अतिप्रतिक्रिया दिएका छन् र उनलाई अब पार्टीमा पुनः समावेश गरिने छैन।’

भान्सले पोडकास्टमा भने, ‘ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती थियो।’

केही हप्तादेखि मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को आलोचना गर्दै आएका छन्। किनकि यो कांग्रेस पारित हुने प्रक्रियामा छ। मस्कले भनेका थिए, ‘यदि विधेयक पारित भएमा यसले राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्नेछ र डीओजीई प्रमुखका रुपमा उनले गरेको कामलाई कमजोर बनाउनेछ।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसलाई ‘घृणित घोटाला’ भनेका छन्। यद्यपि उनले ट्रम्पको नाम सिधै लिएनन्। तर, बिहीबार ट्रम्पले पत्रकारहरुलाई भनेका थिए, ‘म मस्कको व्यवहारबाट निराश छु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS