IME Life New

यती होल्डिङ्सको पहिलो सूचीकृत कम्पनी बन्ने तयारीमा मुस्ताङ माउण्टेन होटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुस्ताङ माउण्टेन होम लिमिटेडले यती होल्डिङ्गस मुख्य प्रवर्द्धक रहेको कम्पनीमध्ये पहिलो कम्पनीको प्राथमिक निष्काशन(आइपीओ) गर्ने भएको छ।

गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा लक्जरी रिसोर्ट, सिन्तामनी मुस्ताङ ब्राण्डमा होटल सञ्चालन गरिरहेको यो कम्पनीले आइपीओमार्फत ३७ करोड रूपैयाँ चुक्ता पूँजी सर्वसाधारणबाट जुटाउने योजना बनाएको छ।

Esewa
Crest

यती होल्डिङ्गस मुख्य प्रवर्द्धक रहेको यती एयरलाइन्स लिमिटेडले आइपीओ निष्काशन गर्न घोषणा गरेपनि निष्काशनका लागि काम अघि बढेको छैन ।

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार, मुस्ताङ माउण्टेन होट लिमिटेडको वासलातमा १२ करोड १० लाख रूपैयाँ बैंक ऋणको दायीत्व छ। एनआइबीएल इक्वीटी पार्टनर्सले २० करोड रूपैयाँ शेयर पूँजी लगानी गरेका छन् ।

कम्पनीको ब्याज बहन अनुपातको अवस्था अपेक्षित अनुपातभन्दा निक्कै थोरै छ। यसले कम्पनीका लागि ऋणवापतको दायीत्व बहन गर्न अझै व्यापार बढाउनुपर्ने दबाब दिएको छ।

बैंकको ऋण किस्ता तिर्नुपर्ने अवस्थामा दैनिक कारोबारबाट प्राप्त हुने आम्दानीबाट पूर्ती गर्न सक्ने क्षमता मनन योग्य हुनेछ। प्रस्तावित प्राथमिक निष्काशनबाट कम्पनीको वित्तीय अवस्था सुदृढ हुने अपेक्षा गरिएको छ। ऋण भारको दृष्टीकोणबाट कम्पनीले  कारोबारको आकारसँगै नाफामा सुधार गरेर आफ्नो ऋण चुक्ता गर्न सक्ने क्षमता मननीय हुनेछ।

कम्पनीको जोखिम र चुनाैतीहरूः

मुस्ताङ दुर्गम हिमाली जिल्ला हो । जलवायू परिवर्तनको उच्च जोखिममा रहेको नेपालको हिमाली भूभागमा कुनै पनि समयमा माैमसी गडबडी र महाविपत्तीले संकट निम्त्याउन सक्छ। जसले मुख्य पर्यटकीय सिजनमै सडक अवरूद्ध पार्ने वा हवाइ सेवा ठप्प पारिदिन सक्छ। यसले पर्यटक आगमन सीमित पार्ने जोखिम छ। यसबाहेक, पर्यटन क्षेत्र देशको समग्र आर्थिक अवस्थासँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले नेपालको आर्थिक विकासको गतीले पनि प्रभाव पार्नेछ।

सबल पक्षहरूः

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार, मुस्ताङ माउण्टेन होम लिमिटेडको प्रवर्द्धक समूहमा पर्यटन क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि अनुभवी लगानीकर्ताहरू छन् । यो यती होल्डिङ्सको एउटा उपक्रम हो। यो समूहको अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा हुन् ।

कम्पनीले एचएमडी एशियासँग सिन्ता मनी ब्राण्ड अन्तर्गत होटल सञ्चालनका लागि होटल व्यवस्थापनको सम्झाैता गरेको छ। कलाकार बिल बेन्स्लेले डिजाइन गरेका  विलासी बुटिक होटलको संकलन हो, सिन्ता मनी।

सिन्ता मनी मुस्ताङको व्यापार प्रवर्द्धनका लागि अमेरिका र क्यानामा उच्चस्तरिय पर्यटन प्रवर्द्धनका लागि चिनिने कम्पनी, हिडन डोरवेजसँग साझेदारी गरेको छ।

सन् २०१४ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापित मुस्ताङ माउण्टेन होम लिमिटेड सन् २०१३ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो। यो कम्पनीले मुस्ताङको मार्फामा ३५ हजार १०३ वर्ग मिटर क्षेत्रफलमा २९ वटा वटा सुइट्स कोठा सहितको विलासी होटल निर्माण गरेको छ। यो होटल मुक्तिनाथ मन्दिरदेखि २४ किलोमिटर दुरीमा अवस्थित छ।

होटलको व्यापारः

होटलले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो अर्द्ध वार्षिक अवधिमा ७ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको छ। गत आव २०८०।८१ मा यसको आम्दानी जम्मा ७ करोड ६० लाख रूपैयाँ रहेको थियो। सञ्चालनको पहिलो वर्ष २०७९।८० मा यसको आम्दानी जम्मा १ करोड ८० लाख रूपैयाँ थियो।

केयर रेटिङ्गस नेपालका अनुसार, होटलको निर्माण लागत १ अर्ब १६ करोड ८० लाख रूपैयाँ रहेको थियो।

इस्युअर रेटिङः

केयर रेटिङ्गस नेपालले ‘केयर एनपि बी प्लस इस्युअर रेटिङ’ (CARE-NP B+ ) प्रदान गरेको छ। यस्तो रेटिङले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा उच्च जोखिम निहित रहेको अवस्थालाई इंगित गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS