IME Life New

मस्कलाई देश निकाला गरी स्पेसएक्स जफत गर्न ट्रम्पलाई अमेरिकी मिडिया टाइकुनको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीचको झगडा विश्वभर चर्चाको विषय बनेको छ। दुवैले एक–अर्कालाई आरोप लगाइरहेका छन् र एक–अर्कालाई पर्दाफास गरिरहेका छन्। यसैबीच अमेरिकी मिडिया टाइकुनले ट्रम्पलाई सुझाव दिएका छन्, ‘मस्कलाई पाठ सिकाउनु आवश्यक छ।’

अमेरिकी मिडिया टाइकुन स्टिभ ब्यानन पनि ह्वाइट हाउसका पूर्वअधिकारी हुन्। उनले राष्ट्रपति ट्रम्पलाई सल्लाह दिँदै भनेका छन्, ‘मस्कको आप्रवासन स्थितिको छानबिन गरिनुपर्छ र उनलाई सकेसम्म चाँडो अमेरिकाबाट देश निकाला गर्नुपर्छ।’

Esewa
Crest

ब्यानन त्यतिमा मात्रै रोकिएनन्। उनले मस्कको कम्पनी स्पेसएक्स जफत गर्न अनुरोध पनि गरेका छन्। ‘डिफेन्स प्रडक्सन एक्ट प्रयोग गरेर मस्कको रकेट कम्पनी स्पेसएक्समाथि अमेरिकी सरकारले नियन्त्रण प्राप्त गर्नुपर्छ’, ब्याननले भनेका छन्, ‘जब मस्कले स्पेसएक्सका प्रमुख कार्यक्रमहरु तुरुन्तै बन्द गर्ने धम्की दिए तब ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेर स्पेसएक्स जफत गर्नुपर्थ्यो।’

अमेरिकामा डिफेन्स प्रडक्सन एक्टअन्तर्गत राष्ट्रपतिलाई निजी कम्पनीहरुलाई नियन्त्रण गर्ने अधिकार प्राप्त हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS