IME Life New

ट्रम्प प्रशासनद्वारा टीपीएस खारेज, ७ हजार नेपालीलाई अमेरिका छाड्न २ महिनाको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रम्प प्रशासनले हजारौँ नेपालीलाई प्रदान गर्दै आएको स्थायी आरक्षण अवस्था (टेम्पोररी प्रोटेक्सन स्ट्याटस–टीपीएस) खारेज गरेको छ।

रोयटर्समा प्रकाशित समाचारअनुसार ट्रम्प प्रशासनले सन् २०१५ को भूकम्पपछि हजारौँ नेपालीहरुलाई अमेरिकाले दिएको टीपीएस सुविधा खारेज गरेको हो। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले एक सूचना जारी गर्दै ट्रम्प प्रशासनले नेपाल प्राकृति विपत्तिबाट उल्लेखनीय रुपमा पुनरुत्थान भइसकेकोले नेपालका लागि दिँदै आएको टीपीएस सुविधा खारेज गरिएको जानकारी गराएकी छन्। ‘वातावरणीय विपद् तयारी र प्रतिक्रिया क्षमतामा उल्लेखनीय सुधार भएको छ’, सूचनामा भनिएको छ, ‘यसका साथै भूकम्पको विनाशबाट पर्याप्त पुनर्निर्माण भएको छ। जसले गर्दा अब जीवनयापनमा कुनै बाधा नपुगोस् र नेपालले आफ्ना नागरिकलाई पर्याप्त रुपमा सम्हाल्न सक्षम छ।’

Esewa
Crest

अमेरिकी सुरक्षा विभागको अनुमान हाल अमेरिकामा टीपीएसअन्तर्गत १२ हजार ७०० नेपाली बसोबास गरिरहेका छन्। टीपीएस सुविधाअन्तर्गत यदि कसैको देशमा प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व वा अन्य असाधारण घटना घट्यो भने ती देशका मानिसलाई अमेरिकाले निर्वासन राहत र कार्य अनुमति प्रदान गर्छ।

टीपीएस सुविधामा अमेरिका पुगेकामध्ये लगभग ५ हजार ५०० नेपाली वैध स्थायी बसोबास अनुमति पाइसकेको सूचनामा उल्लेख छ। ‘अब बाँकी ७ हजार बढी नेपालले अमेरिका छाड्नुपर्नेछ’, सूचनामा भनिएको छ।

सूचनाअनुसार टीपीएस सुविधा खारेजी शुक्रबारदेखि ६० दिनभित्र लागू हुनेछ। यसको अर्थ आउँदो अगस्ट ५ सम्म स्थायी बसोबास अनुमति नपाएका नेपाली आप्रवासीले अमेरिका छाड्नुपर्नेछ। ‘त्यो मितिपछि ती नेपालीले अमेरिका नछाडे देश निकालाको सामना गर्नुपर्ने हुन सक्छ’, सूचनामा चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS