IME Life New

हाइवेमा उच्च गतिमा रहेको कारको ब्रेक फेल भयो के गर्ने ? अपनाउनुस् यी टिप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानिसहरुले द्रुतमार्ग वा राजमार्ग (हाइवे)मा १०० किलोमिटर प्रतिघन्टाको गतिमा कार चलाउँछन्। हामी सबैलाई थाहा छ कि यस्तो समयमा कारको ब्रेक फेल भयो भने के हुन सक्छ। भगवान नहोस् कि यस्तो अवस्था कसैसँग पनि नआओस्। तर, धेरै यस्ता घटना हाम्रो आँखा र कानबाट गुज्रन्छन्।

कारको ब्रेक फेल हुँदा भयानक दुर्घटनाहरु हुन्छन् अनि धेरै ज्यान र सम्पत्तिको क्षति हुन्छ। यद्यपि, यदि उच्च गतिमा कारको ब्रेक फेल भएमा आत्तिनुहुन्न र केही महत्त्वपूर्ण कुराहरु दिमागमा राख्नुपर्छ। जसले ठूलो क्षतिबाट बचाउन सक्छ।

Esewa
Crest

यस्ता छन् टिप्स

सबैभन्दा पहिले नआत्तिने

यदि उच्च गतिमा कारको ब्रेक फेल भयो भने चालक र यात्रुमा आत्तिनु स्वाभाविक हो। तर, भनिन्छ नि आफूलाई शान्त राख्न सकियो र कठिन परिस्थितिमा राम्रोसँग सोच्न सकियो भने समस्या स्वतः समाधान हुन्छ। मानिसहरु प्रायः डरले गर्दा गल्ती गर्छन् र यसले स्थितिलाई बिगार्छ।

मेसिनमा खराबी हुनु सामान्य हो। त्यसैले थप सावधानी अपनाउनुपर्छ। राजमार्गमा गाडी चलाउँदा अगाडिको कारबाट उचित दूरी राख्नुपर्छ। ता कि यदि कारको ब्रेक फेल भयो भने अगाडिको कारमा नठोक्कियोस्।

एक्सेलेटरबाट खुट्टा हटाउने र लगातार हर्न बजाउने

यदि उच्च गतिमा रहेको कारको ब्रेकले काम गरिरहेको छैन भने पहिले आफ्नो खुट्टा एक्सेलेटरबाट हटाउनुपर्छ। यसले कारको गति विस्तारै कम गर्नेछ। यसका साथै लगातार हर्न बजाउनुपर्छ। ता कि वरपरका मानिस सतर्क होऊन्। तुरुन्तै कारको जोखिम सिग्नल दिने बत्ती बाल्नुपर्छ। ता कि पछाडिबाट आउने र गुज्रने कारलाई तपाइँको कारमा केही समस्या छ भनेर थाहा होस् र तिनीहरु टाढा रहून्।

गियर डाउन गर्ने

हामी प्रायः एक्सेलेटरबाट खुट्टा हटाएर गियर डाउन गरेर कारको गति घटाउँछौँ। ब्रेक फेल भएमा म्यानुअल कार चालकहरुले बिस्तारै एक–एक गरी तल्लो गियरमा सर्नुपर्छ। यस क्रममा क्लच थिच्नुपर्छ र त्यसपछि विस्तारै छोड्नुपर्छ। ता कि इन्जिनमा भार परोस् र कारको गति कम होस्। यदि स्वचालित कारमा म्यानुअल मोड छ (पेडल सिफ्टर वा गियर लिभरमा +÷– अप्सन) भने त्यसलाई म्यानुअल मोडमा स्विच गर्नुपर्छ र गियर डाउनसिफ्ट गर्नुपर्छ।

ब्रेक पेडल बारम्बार पम्प गर्ने

जब ब्रेकले काम गरिरहेको छैन भन्ने लाग्छ तब ब्रेक पेडललाई निरन्तर र द्रुत रुपमा धेरै पटक पम्प गर्नुपर्छ। कहिलेकाहीँ कम चाप वा ब्रेक प्रणालीमा हावा प्रवेश गर्ने कारणले ब्रेक फेल हुन्छ। बारम्बार पम्पिङ गर्नाले फेरि दबाब बढ्न सक्छ र ब्रेकले आंशिक रुपमा काम गर्न थाल्छ। यस्तो अवस्थामा कारको झ्याल तल झार्नुपर्छ। जसले हावा प्रतिरोध बढाउनेछ र कारको गति थोरै कम हुनेछ।

ह्यान्डब्रेक प्रयोग गर्दा सावधान रहने

कारको ब्रेक फेल हुँदा प्रायः मानिसहरु अचानक ह्यान्डब्रेक (पार्किङ ब्रेक वा आपतकालीन ब्रेक) प्रयोग गर्छन्। तर उच्च गतिमा अचानक ह्यान्डब्रेक प्रयोग गर्नुहुँदैन। किनकि यसले पछाडिको पांग्र्राहरु लक गर्न सक्छ र कार चिप्लन सक्छ। यस्तो अवस्थामा कारको नियन्त्रण गुम्न सक्छ। सही तरिका भनेको ह्यान्डब्रेक लिभरलाई विस्तारै माथि तान्नु हो। ता कि कारको गति थोरै कम होस्। जब कार सुस्त गतिमा रहेको महसुस हुन्छ तब ह्यान्डब्रेकलाई अलिकति खुकुलो पार्नुपर्छ र फेरि तान्नुपर्छ।

मुख्य कुरा के हो भने यदि उच्च गतिमा गाडीको अचानक ब्रेक फेल भयो भन, यी सबै उपायले सुरक्षित राख्न मद्दतकारी साबित हुन सक्छन्। यी सुझाव सही रुपमा पालना गर्नु धेरै महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS