IME Life New

अमेरिकामा स्वास्थ्य सेवाको अर्बौं रकम घोटाला, बीमा योजनामा पनि धोखाधडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय मूलका फर्मा टाइकुन तन्मय शर्मालाई अमेरिकामा स्वास्थ्य सेवाको अर्बौं रकम ठगीको आरोपमा पक्राउ गरिएको छ। अमेरिकामा बस्ने भारतीय मूलका शर्मालाई प्रहरीले लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सोभरेन हेल्थ ग्रुपका संस्थापक र पूर्व सीईओमाथि स्वास्थ्य सेवाको १४ करोड ९० लाख डलर (करिब साढे २० अर्ब रुपैयाँ) ठगीको आरोप लागेको छ। क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्टको अमेरिकी वकिलको कार्यालयका अनुसार सोभरेन हेल्थ ग्रुपले भ्रामक रणनीति प्रयोग गरेर बिरामीलाई उनीहरुको जानकारी बिना नै बीमा योजनामा धोखाधडी गरेको थियो।

Esewa
Crest

क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्टले शर्मामाथि वायर फ्रडका चारवटा, षड्यन्त्रको एउटा र तीनवटा क्लिनिकल उपचार सुविधाहरुका लागि अवैध कमिसनसँग सम्बन्धित आठ गम्भीर आरोप लगाइएको छ। शर्माको कम्पनी सोभरेन हेल्थ ग्रुपले अनधिकृत पिसाब विश्लेषण परीक्षणका लागि बीमा कम्पनीमा बिल पेस २ करोड ९० लाख डलर (करिब ४ अर्ब रुपैयाँ) ठगी गरेको छ। यसका साथै तन्मयले बिरामीलाई रेफर गर्दा २ करोड १० डलर (करिब २ अर्ब ८८ करोड रुपैयाँ)को अवैध कमिसन तिरेका छन्। यी भुक्तानी लुकाउन शर्मा र उनका सहअभियुक्त पल जिन सेन खोरले नक्कली सम्झौता बनाएका थिए।

यसैबीच सह–प्रतिवादी पल जिन सेन खोरलाई पनि मुद्दामा पक्राउ गरिएको थियो र उनले निर्दोष भएको दाबी गरे। उनको मुद्दा जुलाई २९ मा हुने तय भएको छ।

एनबीसी लस एन्जलसको रिपोर्टअनुसार दक्षिणी क्यालिफोर्निया र अन्य धेरै राज्यमा लागूपदार्थ उपचार केन्द्र चलाउने तन्मयको कम्पनी सोभरेन हेल्थ ग्रुपविरुद्धको अनुसन्धान जुन २०१७ मा सुरु भएको थियो। यस समयमा एफबीआईले कम्पनीको उपचार केन्द्रहरु, सान क्लेमेन्टे मुख्यालय र शर्माको सान जुआन क्यापिस्ट्रानो निवासमा छापा मारेको थियो। कम्पनी सन् २०१८ मा बन्द गरिएको थियो।

तन्मय शर्मा एक अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त अनुसन्धान मनोचिकित्सक हुन्। जसले स्किजोफ्रेनिया र मानसिक रोगमा मस्तिष्कको कार्य र मानव व्यवहारमा उल्लेखनीय अनुसन्धान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS