IME Life New

बीमा व्यवसायमा सेन्ट्रल बैंक अफ इन्डियाको इन्ट्री, किन्यो फ्युचर जनरालीको करिब २५% हिस्सा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सेन्ट्रल बैंक अफ इन्डिया बीमा क्षेत्रमा प्रवेश गरेको छ। यो बैंक फ्युचर जनराली इन्डिया इन्स्योरेन्स कम्पनीको २४.९१ प्रतिशत हिस्सा किन्दै बीमा क्षेत्रमा प्रवेश गरेको हो। यो सम्झौता जुन ४ मा पूरा भएको छ।

सेन्ट्रल बैंकले यो हिस्सेदारी फ्युचर इन्टरप्राइजेजसँग किनेको हो। जुन कम्पनी कर्जाको बोझले डुबेको छ। हाल यो टाँट पल्टिने अवस्थामा रहेको छ।

Esewa
Crest

यो सम्झौता कमेटी अफ क्रेडिटर्स (सीओसी)द्वारा स्वीकृत रिजल्युसन प्लानको एउटा हिस्सा हो। जसमा फ्युचर इन्टरप्राइजेजको बीमा कम्पनीमा रहेको हिस्सा बेचिएको छ।

अगस्ट २०२४ मा सेन्ट्रल बैंकले फ्युचर इन्टरप्राइजेजको बीमा कम्पनीमा रहेको हिस्सा किन्ने बोलकबोल गरेको थियो। जुन सफल भयो।

सेन्ट्रल बैंकले उक्त इन्स्योरेन्स कम्पनीको ३५ करोड ६ लाख ३० हजार १३६ कित्ता शेयर भारु ४ अर्ब ५१ करोेडमा किनेको छ। यसका लागि सेन्ट्रल बैंकले भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई), भारतीय रिजर्भ बैंक (आरबीआई र भारतीय बीमा नियामक एवं विकास प्राधिकरण (आईआरडीएआई)सँग स्वीकृति लिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS