काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार ११ दशलमव ९७ अंकले घटेर २,६४६ को विन्दुमा कायम भएको छ । आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको ३६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सुपर माइ हाइड्रोका लगानीकर्ताले ८ दशलमव २९ प्रतिशतका दरले कमाएका छन् ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

















