IME Life New

माइक्रोसफ्टलाई पछि पार्दै फेरि विश्वकै मूल्यवान कम्पनी बन्यो एनभिडिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेमीकन्डक्टर चिप निर्माता एनभिडिया फेरि एकपटक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। जुन ३ मा कम्पनीको शेयरभाउ २.८० प्रतिशतले बढेको छ। जसका कारण यसको बजार पुँजीकरण ३.४५ ट्रिलियन डलर पुगेको छ।

कम्पनीले माइक्रोसफ्टलाई उछिनेर यो स्थान हासिल गरेको छ। माइक्रोसफ्टको बजार पुँजीकरण ३.४४ ट्रिलियन डलर छ। आईफोन निर्माता एप्पलको बजार पुँजीकरण ३.०४ ट्रिलियन डलर छ।

Esewa
Crest

एनभिडिया पहिले नै विश्वको सबैभन्दा मूल्यवान सेमीकन्डक्टर फर्म हो। एनभिडियाले आफ्नो एआई एक्सेलेरेटर अपग्रेड गरेको छ।

एनभिडिया ग्राफिक्स प्रशोधन इकाइहरु (जीपीयूएस) को डिजाइन र निर्माणका लागि परिचित एउटा प्रविधि कम्पनी हो। यो सन् १९९३ मा जेन्सेन हुआंग, कर्टिस प्रिम र क्रिस मालाचोव्स्कीद्वारा स्थापित भएको थियो। यसको मुख्यालय क्यालिफोर्नियाको सान्ता क्लारामा छ।

एनभिडियाले गेमिङ, क्रिप्टोकरेन्सी माइनिङ र प्रोफेसनल एप्लिकेसनहरुका लागि चिप्स डिजाइन र निर्माण गर्दछ। यसबाहेक यसको चिप प्रणाली सवारीसाधन, रोबोटिक्स र अन्य उपकरणमा पनि प्रयोग गरिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS