IME Life New

खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैनः मन्त्री यादव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।

आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताएका हुन् ।

Esewa
Crest

उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ । अब सहेर बसिदैन, कानुनी दायरामा ल्याइने छ ।”

यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए ।

उहाँले भन्नुभयो, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयंम यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ ।”

मन्त्री यादवले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्दै समस्या आइपरेको खण्डमा तत्काल मन्त्रालयमा वा आफुलाई जानकारी दिन समेत आग्रह गरे ।

कन्याम–पञ्चकन्या खानेपानी योजनामा ७७ प्रतिसत काम भइरहेको बारे आफुले जानकारी पाएको बताउँदै मन्त्री यादवले भने, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कस्ले लिने ?ड बाँकी रहेको यो खानेपानीको काम ततत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।”

नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्ने संकेत गर्नुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उनले भने, “अबका दिनमा नयाँ योजनाहरू सुरु हुनेछन् । अधुरा योजनाहरू पुरा हुनेछन्, र जनताले सहज र भरपर्दो खानेपानी सेवा पाउनेछन् भन्नेमा म पूर्ण विश्वासका साथ अघि बढेको छु । ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्छु ।”

देशका प्रत्येक नागरिकले स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज रुपमा पाउनुपर्छ भन्ने आफ्नो दृढ विश्वास रहेको र आफ्नो अथक प्रयासले यस वर्ष खानेपानी मन्त्रालयको बजेटमा वृद्धि भएकाले विगतका वर्षहरूमा बजेट अभावका कारण अधुरा रहेका योजनाहरू अब पूरा गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS