IME Life New

अनधिकृत रुपमा बैंक खाता खोल्दा र रकम भुक्तानी गर्दा कस्तो छ कारबाहीको व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ कारोबार निकै संवेदनशील मानिन्छ। प्रविधिको प्रयोग बढेसँगै विद्युतीय माध्यमबाट हुने बैंकिङ धोकाधडीका घटना पनि पछिल्लो समय बढ्दै गइरहेको छ।

अर्कोतर्फ अनधिकृत रुपमा बैंक खाता खोल्ने र त्यसबाट रकम भुक्तानी गर्ने गरेका घटनाहरु पनि बाहिर आइरहेका छन्। तर, यस किसिमको गैरकानुनी काम गर्नेलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाहीको व्यवस्था पनि गरिएको छ।

Esewa
Crest

पाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी यसबारे जानकारी गराएको हो। ‘नक्कली कागजात पेस गरी खाता खोल्न वा त्यस्तो कागजात पेस गरी खाता खोल्न लागेको छ भन्ने जानी–जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा अन्य व्यक्तिको खातामा रकामान्तर गर्न वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयो गर्न वा त्यही खाता खोली विद्युत कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्नु हुँदैन’, सूचनामा भनिएको छ।

यसैगरी कानुनबमोजिम बाहेक अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्नु वा खाता खोलिदिनु नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ। ‘कसैले त्यस्ता कुनै कसुर गरेमा बिगो खुलेकोमा बिगो भराइ बिगोबमोजिम जरिवाना र ३ महिनासम्म कैद सजायसमेत हुन सक्छ’, सूचनामा भनिएको छ।

अनधिकृत रुपमा गरिने बैंकिङ कारोबार तथा कानुनी सजायबाट बच्न राष्ट्र बैंकले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS