काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको १ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।
शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलका अनुसार आउँदो असार १९ गतेपछि एनआईसी एसिया लघुवित्तको १ करोड ४ हजार ५०० कित्ता संस्थापक शेयरको लकइन अवधि सकिनेछ।
एनआईसी एसिया लघुवित्तले सर्वसाधारणलाई जारी गरेको आइपीओ २०७७ साल असार २० गते बाँटफाँट गरिएको थियो। संस्थाको आइपीओ बाँडफाँटको मितिले ५ वर्षसम्म संस्थापक शेयर लकइनमा राखिएको हो।
लकइन सकिएपछि संस्थापक शेयरको किनबेच खेल्नेछ।

















