IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटले एएमएल सिएफटी सम्बन्धमा ल्यायो डिजिटल पाठ्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले मुद्रा निर्मलीकरण निवारण विषयमा डिजिटल तालिम कार्यक्रम ‘सर्टिफाइ’ ल्याएको छ।

इन्स्टिच्युटले बीमा र बैंक तथा वित्तीय संस्था क्षेत्रका लागि अनिवार्य मानिएको सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा प्रशिक्षण दिने एएमएल सिएफटी सर्टिफिकेशन कोर्ष सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

इन्स्टिच्युटका अनुसार,यो डिजिटल पाठ्यक्रमले निरन्तर परिवर्तनशील सम्पत्ती शुद्धिकरण निवारण र आतंकवादमा वित्तीय लगानी नियन्त्रणको सम्बन्धमा विद्यमान कानूनी प्रावधानको गहिरो बुझाइ सुनिश्चित गर्नेछ।

प्रति सहभागि रू. ४ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको यो पाठ्यक्रम पुरा गरेपछि सहभागिले डिजिटल सर्टिफिकेट समेत प्राप्त गर्नेछन् ।

इन्स्टिच्युटले यो पाठ्यक्रमका लागि लक्षित गरेको वर्गः

  • जीवन बीमक, निर्जीवन बीमक र लघु बीमक समेतका कर्मचारी
  • ग्राहक ल्याउने, सञ्चालन गर्ने, जोखिम व्यवस्थापन गर्ने कार्यसँग सम्बन्धित पेशाकर्मीका साथै बीमा दलाल र अभिकर्ता
  • बीमा क्षेत्रमा कार्यरत कानून व्यवसायी तथा लेखा परिक्षक
  • सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा आफ्नो बुझाइलाई अझै फराकिलो र वृहद बनाउन चाहने व्यक्ति, जागिरका आकांक्षी र कार्यरत जनशक्ति

इन्स्टिच्टयुटका अनुसार, डिजिटल प्लेटफर्ममार्फत उपलब्ध भएकाले यो पाठ्यक्रम जुनसुकै बेला, जहाँ सुकैबाट अध्ययन गर्न सकिन्छ।

बीमा क्षेत्रको आवश्यक्ता पुर्ती गर्नका लागि डिजिटल लर्निङ प्ल्याटफर्म विकास गर्दै लैजाने योजना अन्तर्गत क्रमशः अन्य व्यवसायीक पाठ्यक्रमहरू समेत यो प्ल्याटफर्ममा उपलब्ध गराउँदै लगिने इन्स्टिच्युटले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS