IME Life New

उच्च प्रिमियमले घर बीमाप्रति अमेरिकीको अरुचि, जोखिममा लाखौँ परिवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घर बीमाको उच्च प्रिमियमका कारण अमेरिका लाखौँ परिवार जोखिम रहेको पाइएको छ।

अमेरिका केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले मे महिनामा सार्वजनिक गरेको २०२४ को प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन तयार गर्न गरिएको सर्भेमा सहभागी अधिकांश अमेरिकीले उच्च प्रिमियमकै कारण आफूहरुले घर बीमा नगरेको बताएका छन्। सर्भेमा १२ हजारभन्दा बढी सहभागीले आफूसँग घर बीमा नरहेको जबाफ दिएका छन्।

Esewa
Crest

जलवायु परिवर्तनबाट सिर्जित आँधी, बन डढेलो, बाढीजस्ता प्रकोपबाट जोखिममा रहेका अमेरिकी जनताले प्रिमियम उच्च रहेकै कारण घर बीमा नगरेको बताएका छन्। सर्भेमा सहभागी ४३ प्रतिशतले घर बीमा गर्न सक्ने अवस्थामा आफूहरु नरहेको बताए। सहभागीमध्ये १४ प्रतिशतले बीमाको लागत लायक नरहेको उत्तर दिएका छन्।

फेडको प्रतिवेदनमा करिब साढे ७ प्रतिशत अमेरिकी घर बीमाको दायराबाट बाहिर रहेको उल्लेख छ। जुन करिब ६१ लाख घर हो। ती घर परिवार जलवायु परिवर्तनका सिर्जना हुने प्राकृति प्रकोपको उच्च जोखिम रहेको दर्शाउने प्रतिवेदनमा निष्कर्ष निकालिएको छ।

अमेरिकामा अहिले घर बीमाको औसत प्रिमियम ३ हजार ३०३ डलर प्रतिवर्ष रहेको छ। मासिक रुपमा घर बीमा प्रिमियमको लागत २७५ डलर रहेको छ।

अमेरिकामा घर बीमाको प्रिमियम सन् २०१३ बाट बढ्न थालेको छ। अहिलेसम्म घर बीमाको प्रिमियम २० देखि ३० प्रतिशतसम्म बढेको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकाको उपभोक्ता महासंघले घर बीमाको प्रिमियममा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ। यसका साथै बीमा कम्पनीले पनि घर बीमाको प्रिमियम, बीमितले पाउने सुविधा र दाबी भुक्तानीसम्बन्धी विवरण पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने महासंघले औँल्याएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS