काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ७७ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ दशलमव ५९ प्रतिशतका दरले कमाएका हुन् ।


















