IME Life New

क्षति भएका बीमांकृत वस्तुको अन्तःशुल्क कर कट्टीमा आयो यस्तो प्रावधान, के-के छन् प्रक्रिया ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले क्षति भएका बीमांकृत वस्तुको अन्तःशुलक करकट्टीसम्बन्धी नयाँ परिमार्जन गरेको छ।

विभागले विभाले अन्तःशुल्क निर्देशिका, २०६८ मा परिमार्जन गर्दै क्षति भएका बीमांकृत वस्तुको अन्तःशुल्क करकट्टीसम्बन्धी नयाँ प्रावधान ल्याएको हो। परिमार्जित निर्देशिकाअनुसार अब व्यवसायीले आगजनी, चोरी, दुर्घटना, ध्वंसात्मक गतिविधिका कारण हानी–नोक्सानी भएको वस्तुको बीमा गराएको अवस्थामा कम्पनीबाट दाबी भुक्तानी भएको ३० दिनभित्र अन्तःशुल्क करकट्टीका लागि सम्बन्धित कार्यालयमा निवेदन दिन सक्नेछन्। बीमा दाबीका बखत त्यस्तो नोक्सानीको प्रारम्भिक जानकारी आफू दर्ता रहेको कार्यालयमा समेत दिनुपर्ने प्रावधान परिमार्जित निर्देशिकामा गरिएको छ।

Esewa
Crest

त्यसपछि बीमा कम्पनीसमक्ष दाबी गरेको क्षतिको परिणाम र सोका आधारमा बीमा रकम भुक्तानी गरेका प्रमाणहरुका साथ बीमा अन्तःशुल्क करकट्टीका लागि निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ।

सम्बन्धित कार्यालयले त्यस्तो बीमा कम्पनीले मान्यता दिएको हदसम्मको परिमाण वा मूल्याका आधारमा लाग्ने अन्तःशुल्कको अनुपातमा रकमको छानबिन तथा यकिन गरी ३० दिनभित्र अन्तःशुल्क कट्टी गर्न निवेदकलाई सूचना दिनुपर्नेछ।

बीमा भएकाबाहेकको अन्य नोक्सानीको हकमा भने इजाजतपत्र प्राप्त व्यवसायीले आवश्यक विवरण, कागजातका साथै नोक्सानी भएको परिमाण, मूल्य र दाबी गरिएको अन्तःशुल्क रकम उल्लेख गरी कार्यालयमा निवेदन दिनुपर्नेछ।

बीमा गराएको वा नगराएको जस्तोसुकै अवस्थाको अन्तःशुल्क लाग्ने वस्तुको सम्बन्धमा भएका आगजनी, चोरी, दुर्घटना, ध्वसांत्मक गतिविधि वा उपभोगको म्याद सकिएको सूचना व्यवसायीले छिटो साधनबाट अन्तःशुल्क अधिकृतलाई र अन्तःशुल्क अधिकृतले विभागलाई गराउनुपर्ने प्रावधान निर्देशिकामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS