काठमाडौं । नेपाल प्रहरीले राइड सेयरिङ सेवालाई यात्रुसँग बढी भाडा नलिन चेतावनी दिएको छ।
प्रहरीले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुसँग बढी भाडा लिने र अफलाइनमा बार्गेनिङ गर्ने गरेको गुनासा आइरहेको उल्लेख गर्दै सूचनामा राइडरहरुले त्यस्ता कार्य नगर्न भनिएको छ।
त्यस्ता कार्य गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन पनि सूचनामा आग्रह गरिएको छ।

















