काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो।

















