IME Life New

सल्यानको १० हजार घरधुरीको निःशुल्क विपद बीमा गरिदिँदै प्रदेश सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेश सरकारको महत्वकांक्षी कार्यक्रमअन्तर्गत सल्यानको शारदा नगरपालिकाका सबै बासिन्दाको आवासको बीमा गरिने भएको छ।

प्रदेश सरकारको सतप्रतिशत अनुदान सहयोगमा प्राकृतिक विपदबाट हुने क्षति र जोखिमलाई दृष्टिगत गर्दै असार महिनाभित्रै नगरपालिकाले व्यावसायिक प्रयोजनबाहेकका सबै आवासीय घरको अधिकतम २० लाख रुपैयाँ बीमांकसम्मको बीमा गर्न लागेको हो।

Esewa
Crest

प्रदेश सरकारले प्रदेशका सबै घरधुरीलाई बीमाको सुरक्षा छाताभित्र समेट्ने योजनाअन्तर्गत पहिलो चरणमा सल्यान जिल्लाको स्थानीय तहहरुमध्ये शारदा नगरपालिकालाई छनोट गरेको छ ।

बीमाका लागि भवनहरुको प्रयोगको उद्देश्य पहिचानका लागि नगरका १५ वटै वडामा नगर कार्यपालिकाले सर्वेक्षणको काम सुरु गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार यो कार्यक्रमबाट १० हजार घरधुरीलाई बीमा सुरक्षा छातामा समेट्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS