IME Life New

निरकुंश बन्दै सरकार, शान्तिपूर्ण प्रदर्शनमा अघोषित बन्देज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राजनीतिक दल तथा विभिन्न संघ संस्थाको प्रदर्शनीमा थप कडाई गरेको छ। सरकारले निषेधित क्षेत्र अन्तर्गत काठमाडाैं जिल्ला भित्रको ठूलो क्षेत्र समावेश गरेर सीमित स्थानमा मात्र प्रदर्शनका लागि ठाउँ तोकेर निरकुंशता प्रदर्शन गरेको हो।

गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंले कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न दिने गरी आदेश जारी गरेको हो ।

Esewa
Crest

प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले आइतबार जिल्ला सुरक्षा समितिको बैठकपछि जारी गरेको विज्ञप्तीमा दुई महिनासम्मका लागि यी क्षेत्रमा मात्रै प्रदर्शन गर्न दिइने उल्लेख छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS