IME Life New

चीनको हातमा लाग्यो अर्बौं डलरको खजाना, तोडिनेछ वर्षौंको विश्व कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले एउटा विशाल खजाना फेला पारेको छ। जसले चीनको आर्थिक तस्बिर परिवर्तन गर्न सक्छ।

चिनियाँ भूगर्भविद्हरुले चीनमा अवस्थित खानीमुनि सुनको विशाल भण्डार फेला परेको हो। बेइजिङका अधिकारीहरुको अनुमानका अनुसार यो सुनको भण्डार १ हजार १०० टन हुन सक्छ। जुन जमिनको सतहभन्दा ९ हजार ८०० फिट तलसम्म फैलिएको छ।

Esewa
Crest

चिनियाँ विज्ञहरुले यो विश्वको कुनै पनि बहुमूल्य धातुको सबैभन्दा ठूलो भण्डारको रेकर्ड बनाउने दाबी गरेका छन्। उनीहरुले यस भण्डारबाट उच्च गुणस्तरको सुन निस्कने अपेक्षा गरेका छन्।

रिपोर्टका अनुसार चिनियाँ भूगर्भविद्हरुको टोलीले हुनान प्रान्तको पिंगजियाङ काउन्टीको वांगु सुन क्षेत्रमुनि लगभग ६ हजार ६०० फिट गहिरोमा ३३० टन सुन अयस्कको ४० भन्दा बढी सुनको वाइन पत्ता लगाएको छ। थ्रीडी मोडलिङले ९ हजार ८०० फिटको गहिराइमा १ हजार १०० टनसम्मको भण्डार हुन सक्ने देखाउँछ। यदि यी मोडेलहरु सही साबित भएमा यो सम्पूर्ण सुन भण्डारको मूल्य ४८३ अर्ब डलरसम्म हुन सक्छ।

सुनको गुणस्तर उत्कृष्ट छ

नयाँ खोजमा प्रतिमेट्रिकटन अयस्क १३८ ग्राम सुन रहेको छ। सुन खानीमा यो फेला पार्न धेरै गाह्रो छ, जसको अर्थ यसको गुणस्तर अत्यन्तै राम्रो छ। हुनान प्रान्तको भूगर्भीय ब्युरोका चेन रुलिनले भने, ‘यो अतिरिक्त सुन भण्डार ड्रिल गरिएको चट्टान कोरमा देखिएको छ। यदि १ हजार १०० टनको आँकडा सही भयो भने यो विश्वको सबैभन्दा ठूलो सुन खानी बन्नेछ।’

विश्वको सबैभन्दा ठूलो सुन खानीको रेकर्ड अझै पनि दक्षिण अफ्रिकाको साउथ डिप खानीको नाममा छ। जसमा १ हजार २५ टन सुन छ। इन्डोनेसिया, रुस, न्यु गिनी र चिलीका खानीहरु विश्वका शीर्ष पाँच सुन खानीमध्येमा पर्छन्। नेभाडामा रहेको कार्लिन ट्रेन्ड र कोर्टेज सुन खानीहरु विश्वमा छैटौँ र दसौँ स्थानमा छन्। यदि चीनले यो सुन भण्डार प्राप्त गर्यो भने विश्वकै अर्थतन्त्रले ठूलो वृद्धि पाउन सक्छ।

चीनसँग कति सुन छ ?

हालसम्म विश्वमा २ लाख ३३ हजार टन सुन निकालिएको छ। यसको दुई तिहाइ सन् १९५० पछि निकालिएको छ। सुन खानीमा चीनको महत्वपूर्ण योगदान छ। विज्ञहरु धेरै सुन भण्डार चीनमा लुकेको विश्वास गर्छन्।

चीन विश्वको सुन बजारमा अग्रपंक्तिमा छ। चीनको खानी उद्योगले विश्वको सुन उत्पादनमा १० प्रतिशत योगदान पुर्याउँछ।

सुन भण्डारको हिसाबले चीन विश्वमा छैटौँ नम्बरमा छ। चीनसँग २ हजार २६४ टन सुन भण्डार छ। चीनले हालैका वर्षहरुमा आफ्नो सुन भण्डार द्रुत गतिमा बढाएको छ। सुन भण्डारको नयाँ खोजसँगै आगामी समयमा चीनको सुन भण्डार अझ बढ्न सक्छ। हाल विश्वको सबैभन्दा ठूलो सुन भण्डार अमेरिकासँग छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS