IME Life New

यी हुन् विश्वका सबैभन्दा सस्तो उत्पादन लागत भएका १० देश ? दुवै छिमेकी शीर्ष स्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि विभिन्न देशमा ट्यारिफ लगाएका छन्। ट्यारिफकै कारण कतिपय देशको आर्थिक सन्तुलिन हल्लिन पुगेको छ। उत्पादन लागत बढ्दा महँगी बढेको छ।

जेपी मोर्गनले पर्चेजिङ म्यानेजर्स इन्डेक्सन –पीएमआई) सार्वजनिक गरेको छ। यो इन्डेक्समा उत्पादन लागतका आधारमा विभिन्न देशलाई सूचीकृत गरेको छ। इन्डेक्समा सबैभन्दा कम उत्पादन लागत भएका देशहरुको सूचीमा दुवै छिमेकी मुलुक भारत र चीन शीर्ष स्थानमा रहेका छन्।

Esewa
Crest

भारतले उत्पादन र सेवा गतिविधि दुवैमा विश्वव्यापी चार्टमा शीर्ष स्थान हासिल गरेको छ। अप्रिल २०२५ मा भारतको उत्पादन पीएमआई ५८.२ थियो। जब कि भारतको सेवा पीएमआई ५८.७ रेकर्ड गरिएको थियो। यी तथ्यांकले विकसित र उदीयमान बजारहरुमा भारतलाई शीर्ष स्थानमा राखेका छन्।

यो ध्यान दिन लायक छ कि पीएमआई उत्पादन र सेवा क्षेत्रहरुमा वित्तीय स्वास्थ्यलाई प्रतिबिम्बित गर्ने एउटा प्रमुख सूचकांक हो। पीएमआई ५० भन्दा माथि हुनुको अर्थ त्यो क्षेत्रमा विस्तार भएको छ। यसभन्दा तल संकुचनलाई जनाउँछ।

यस अवस्थामा चीन र अमेरिकामात्र होइन फ्रान्स पनि भारतभन्दा पछाडि छ। उत्पादन लागतको हिसाबले भारत विश्वको सबैभन्दा सस्तो देश बनेको छ।

अहिलेसम्म ‘विश्वको कारखाना’ भनेर चिनिने चीन भारतपछि आउँछ र तेस्रोमा भियतनाम रहेको छ।

यस सूचीमा सबैभन्दा कम उत्पादन लागत भएका ८९ देश समावेश गरिएका छन्। शीर्ष १० मा भारत, चीन र भियतनामपछि थाइल्यान्ड चौथो स्थानमा, फिलिपिन्स पाँचौँ स्थानमा, बंगलादेश छैटौँ स्थानमा, इन्डोनेसिया सातौँ स्थानमा, कम्बोडिया आठौँ स्थानमा र मलेसिया र श्रीलंका क्रमशः नवौँ र दसौँ स्थानमा छन्।

सूचीमा फ्रान्स सबैभन्दा बढी उत्पादन लागतको देशमा गनिन पुगेको छ। त्यसपछि बेलायत र स्विट्जरल्यान्ड आउँछन्। बढी उत्पादन लागत भएका देशमा स्विट्जरल्यान्डपछि अस्ट्रेलिया, जर्मनी, क्यानडा र अमेरिका रहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS