काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँ कायम भएको थियो।

















