IME Life New

रु. २.५ अर्ब अपचलन गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको छ।

रायलाई नेपाल–भारत सीमा नाका बेलहियाबाट शनिबार पक्राउ गरिएको सीआईबीले जनाएको छ। ६५ वर्षीय रायमाथि बैंकको साढे २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

Esewa
Crest

बाँकेको नेपालगन्ज बस्दै राय बैंकमा भएको आर्थिक घोटालाको अनुसन्धान प्रक्रिया अगाडि बढेपछि फरार रहँदै आएका थिए। उनी पटक–पटक बैंक सञ्चालक समितिको अध्यक्ष र एक कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिका थिए।

नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीले रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनलाई आजै बाँके जिल्ला अदालतमा म्याद थपका लागि उपस्थिति गराइँदैछ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS