IME Life New

आजबाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्दै निफ्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आज जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। निफ्राले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ जारी गर्ने भएको हो। यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। त्यसमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।

Esewa
Crest

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २१ गते हुनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार १ गतेसम्म बिक्री खुला गरिनेछ।

निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS