IME Life New

ठूला परियोजनाको ८५ प्रतिशत बीमाशुल्क बागमती प्रदेशबाटै संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूला परियोजना, निर्माण कम्पनी र व्यापारिक संस्थाको प्रधान कार्यालय बागमती प्रदेशभित्र र त्यसमा पनि काठमाडाैं केन्द्रित हुँदा भाैतिक पूर्वाधार परियोजना निर्माणसँग सम्बन्धित बीमाको व्यापार यही प्रदेशमा केन्द्रित देखिन्छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, निर्जीवन बीमकले इन्जिनियरिङ तथा कन्ट्राक्टर्स अल रिस्क(सिएआर) बीमाशुल्कको झण्डै ८५ प्रतिशत हिस्सा बागमती प्रदेशले ओगटेको छ।

Esewa
Crest

चालू आर्थिक वर्ष २०८१।८२ को बैशाख मसान्तसम्ममा निर्जीवन बीमकले संकलन गरेको सिएआर बीमामा संकलन गरेको ६ अर्ब ६ करोड ३४ लाखमध्ये बागमती प्रदेशबाटै ५ अर्ब १३ करोड ७३ लाख रूपैयाँ संकलन भएको छ। यो ८४.७२ प्रतिशत हो।

निर्जीवन बीमकले इन्जिनियरिङ तथा कन्ट्राक्टर्स अल रिस्क बीमालेखबाट संकलन गरेको बीमाशुल्क रकम। श्रोतःनेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार,चालू आवको बैशाख मसान्तसम्मको सिएआर बीमाशुल्क संकलन बागमती प्रदेशमा १२ प्रतिशतले वृद्धि भएको छ। यसको ठीक विपरित लुम्बिनी प्रदेशमा सर्वाधिक १३ प्रतिशतले बीमाशुल्क संकलन घटेको छ।

लुम्बिनी प्रदेशबाट जारी बीमालेखको बीमाशुल्क संकलन घट्दा बीमाशुल्क संकलनका हिसाबले कोशी प्रदेश चालू आवको पहिलो १० महिने अवधिमा कोशी प्रदेश दोश्रो स्थानमा उक्लिएको छ।

सिएआर बीमालेखवापतको बीमाशुल्क गत आव २०८०।८१ को बैशाख मसान्तसम्मको तुलनामा चालू अावको सोही अवधिमा १० प्रतिशतले वृद्धि भएको छ।

कुल बीमाशुल्कमा पनि बागमती प्रदेशकै दबदबाः

निर्जीवन बीमकको कुल बीमाशुल्कको ६५ प्रतिशत भन्दा बढी बागमती प्रदेशबाटै संकलन हुने गरेको छ । गत बैशाख मसान्तसम्ममा निर्जीवन बीमकले कुल ३५ अर्ब ८६ करोड ५० रूपैयाँ संकलन गरेकोमा बागमतीले २४ अर्ब १ करोड ५४ लाख रूपैयाँ संकलन गरेको छ।

बागमती प्रदेशमा उद्योग व्यवसाय, आर्थिक गतिविधि र जनसंख्या समेत अधिक भएर मात्र नभइ काठमाडाैं केन्द्रित केन्द्रिय कार्यालयको संख्या अधिक भएकाले यो प्रदेशमा निर्जीवन बीमकको व्यापार अधिक केन्द्रित देखिन्छ।

निर्जीवन बीमा व्यवसायमा ठूलो हिस्सा ओगटेको मोटर र सम्पत्ती बीमालेखको अधिकांश बीमालेख बागमती प्रदेश अन्तर्गत काठमाडाैंस्थित कार्यालयबाटै जारी हुने भएकाले पनि बागमती प्रदेशको बीमाशुल्क आम्दानी अन्य प्रदेशको तुलनामा अधिक रहँदै आएको छ। प्राधिकरणका अनुसार चालू आवको पहिलो १० महिनामा मोटर बीमाशुल्कको ५७ र सम्पत्ती बीमाशुल्कको ५६ प्रतिशत रकम निर्जीवन बीमकले बागमती प्रदेशबाट जारी बीमालेखमार्फत संकलन गरेका छन् ।

मोटर र सम्पत्ती बीमाले धानेको व्यापारः

प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार, निर्जीवन बीमकको कुल संकलित बीमाशुल्कमा मोटर बीमाले ३० र सम्पत्ती बीमाले २५ प्रतिशत हिस्सा ओगटेको छ। यो दुबैखाले बीमाको संयुक्त रकमले निर्जीवन बीमा व्यवसायको ५५ प्रतिशत हिस्सा ओगट्छ।

मोटर गाडी आयातकर्ताको केन्द्रिय कार्यालय, आयातका लागि कर्जा लगानी गर्ने बैंकको केन्द्रिय कार्यालय, खरिदकर्ता व्यवसायीको केन्द्रिय कार्यालय काठमाडाैंमै केन्द्रित रहेकाले पनि अधिकांश मोटर बीमालेख काठमाडाैंबाटै जारी हुने गरेको छ। यसबाहेक देशैभर कर्जा लगानी गर्ने बैंक, कर्जा लिने ठूला व्यवसायीक घराना लगायतको केन्द्रिय कार्यालय समेत काठमाडाैंमै भएकाले सम्पत्ती बीमालेख पनि बागमती प्रदेशबाट अधिक जारी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS