काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा अध्यक्ष चौधरीले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको बताए । यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भएको उनको भनाइ छ। ‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरु स्वागत गर्छौं’, उनले भने।
यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको चौधरीको भनाइ थियो। ‘अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्नेछ’, उनले भने, ‘बजेटमा आलोचना गर्नुपर्ने कुनै ठाउँ छैन।’

















