काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ देखि अमेरिकाले स्टिल र आल्मुनियम आयातमा हालको ट्यारिफ दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक एक कार्यक्रममा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनमाथिको निर्भरता घटाउने बताएकका छन्। ट्रम्पले भने, ‘अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्नेछ।’
साझेदारीको विवरण स्पष्ट छैन र दुई कम्पनीले अझै सम्झौता पुष्टि गरेका छैनन्।
कार्यक्रममा स्टिल कामदारको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि छटनी हुने छैन र आउटसोर्सिङ हुने छैन र प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै उनीहरुले पाउनुपर्ने ५ हजार डलर बोनस प्राप्त गर्नेछन्।’ –एजेन्सी

















