काठमाडौं । पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने सरकाले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।
त्यस्तै, खानीजन्य पदार्थको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने बताएका छन् ।












