काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को बैशाख महिनासम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले कुल ७८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस महिनासम्ममा कुल ३ लाख १९ हजार ६५९ वटा बीमा पोलिसी बिक्री गरी कुल ७८ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ वटा मात्रै बीमा पोलिसी बिक्री गरेको छ । नेशनल इन्स्योरेन्सले ४ वटा बीमा पोलिसी बिक्री गरी कुल १ हजार रुपैयाँ बीमा शुलक संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ४ हजार ९७६ वटा बीमा पोलिसी बिक्री गरी कुल १ करोड २८ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १४ वटा लघुबीमा पोलिसी बिक्री गरी ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले ६ हजार १०४ वटा बीमाशुल्क संकलन गरी कुल ६ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा लघु बीमा पोलिसी बिक्री गरी कुल १ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १८२ वटा लघु बीमा पोलिसी बिक्री गरी ६ लाख ५६ हजार रुपैयाँ बीमा पोलिसी संकलन गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले ८५ हजार १२१ वटा बीमा पोलिसी बिक्री गरी २१ करोड ५२ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ७८ हजार ४५४ वटा बीमा पोलिसी बिक्री गरी कुल १९ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ८३ हजार २२ वटा बीमा पोलिसी बिक्री गरी कुल १८ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६१ हजार ७७९ वटा बीमा पोलिसी बिक्री गरी १७ करोड ६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

















